कोशीले हारलाई निरन्तरता दिँदा सुदूर र आर्मीको चौँथोँ जित

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले समान चौँथोँ जित हात पारेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ८ विकेटले पराजित गर्यो ।
प्रतियोगितामा कोशीको यो लगातार आठौं पराजय हो । कोशीले अब केवल एक खेल खेल्ने बाँकी छ । यता सुदूरपश्चिमको भने यो पाँच खेलमा चौँथोँ जित हो । उसले एक खेलमात्र हारेको छ ।
बुधबारको खेलमा १ सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले सर्वाधिक ५४ रन तथा प्रकाश पाण्डेले ३४ रन बनाए । कप्तान राजु रिजालले २१ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनायो । कोशीका लागि मिनास थापाले २६ तथा कप्तान अंकित सुवेदीले २२ रन बनाए ।
सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ५ तथा विकास आगरीले ४ विकेट हात पारे ।
अर्कोतर्फ भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ६५ रनले पराजित गर्यो ।
१ सय ७१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २६ ओभरमा ८ विकेटको क्षतिमा १ सय ५ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाए । आर्मीका लागि कुशल मल्लले ४ तथा सोमपाल कामीले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले तय गरिएको २६ ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन जोड्यो ।
आर्मीका लागि इमरान शेखले ६७ रन तथा कप्तान विनोद भण्डारीले ३४ रन बनाए । लुम्बिनीका लागि नर सार्की र मोहम्मद हुसेनले समान २-२ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया