शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

पाँच तले घरको छतबाट हाम फालेका व्यवसायी अग्रवालको मृत्यु

कैलाली- कैलालीको धनगढीमा घरको छतबाट हाम फालेका व्यवसायीको मृत्यु भएको छ । 

धनगढीस्थित पाँच तले घरको छतबाट हाम फालेका व्यवसायी ५३ वर्षीय सन्तोष अग्रवालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका अग्रवाल बुधबार बिहान साढे ११ बजेतिर घरको छतबाट हाम फालेका थिए । उनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।