राष्ट्रिय क्रिकेट : मधेशलाई हराउँदै पुलिसले दर्ता गर्यो लगातार पाँचौं जित

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार पाँचौं जित हात पारेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा मधेशलाई ६ विकेटले पराजित गर्दै पुलिसले लगातार पाँचौं खेल जितेको हो ।
मधेशको भने सात खेलमा यो तेस्रो पराजय हो । उसले चार खेलमा जित हात पारेको छ ।
बुधबारको खेलमा ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पुलिसलाई जित दिलाउन सुनिल धमलाले २८ रन तथा कुशल भुर्तेलले १९ रनको योगदान गरे । अमित श्रेष्ठले १५ तथा आरिफ शेखले १६ रन बनाए ।
मधेशका लागि अरनिको यादव र रंजित कुमारले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले २४ ओभरभित्रै सबै विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।
मधेशका लागि अरनिको यादवले २३ रन तथा कप्तान हरिशंकर शाहले २२ रन बनाए । मधेशको इनिङ्स धराशायी बनाउन पुलिसका सागर ढकालले ५ तथा ललित राजवंशीले ४ विकेट र राशिद खानले १ विकेट हात पारे ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_68h1mfEkIJ_tzx9fjaih8lv46cftl8sjarxm9tixanswblqcafpglttymvp11mwmgz9sxnq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया