यु-१९ विश्वकप क्रिकेट : नेपाल आज पाकिस्तानसँग भिड्दै, दोहोरिएला सन् २००२ को इतिहास ?

काठमाडौँ- जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ ।
समुह डी मा रहेको नेपालको यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि शुरु हुँदै छ ।
नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो ।
अहिलेसम्म समुह डी मा न्यूजिल्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ । न्यूजिल्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो ।
त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो । यस समुहमा नेपालले एक र अफगानिस्तानले २ खेल हारको थियो ।
दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदैछन् ।
यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
सन् २००२ को यू–१९ विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई ३० रनले हराएको थियो । उक्त विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो ।
विश्वकप खेल्ने नेपाली टिम:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द ।
यस विश्वकपमा १६ देशलाई चार समुहमा विभाजन गरिएको छ । समुह चरणमा एक अर्कासँग खेलेपछि हरेक समुहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्नेछन् । अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्नेछन् । सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ । अन्त्यमा दुवै समुहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।
यस विश्वकपको समुह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङ्ल्याण्ड रहेका छन् ।
त्यस्तै समुह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्ड र नेपाल रहेका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_68h1mfEkIJ_tzx9fjaih8lv46cftl8sjarxm9tixanswblqcafpglttymvp11mwmgz9sxnq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया