हनी ट्र्याप गर्ने महिलालाई ६ महिना कैद सजाय

काठमाडौँ- हनी ट्र्याप गरेको आरोप लागेकी एक महिलालाई काठमाडौँ जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको छ ।
देवी थापा नाम गरेकी महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए ।
आपराधिक लाभ कसुरमा न्यायाधीश श्यामलाल घिमिरेको एकल इजलासले थापालाई दोषी ठहर गरेको हो । यो घटनामा थापा र सुदर्शन थापालाई पनि प्रतिवादी बनाइएको थियो । सुदर्शनलाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ ।
उनीहरूविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । पीडित पुरुषको नजिक भएर ब्ल्याकमेलिङ गरेको भन्दै दुई जनाविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा चलेको हो ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया