विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सल्यान- विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए । तर, सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो ।
स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान् मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए । प्रहरीका अनुसार मृतक युवतीको शरीरमा निलडाम छन् । उनको नाम सीमा कवर भनिए पनि अहिलेसम्म बास्तबिक नाम समेत खुलेको छैन ।
वडाध्यक्ष फौदबहादुर बस्नेतले भने आइतबार राति कुटपिट गरेर मोहनले श्रीमतीको घरमै हत्या गरेको देखिएको बताए ।
प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक बयानमा आफूले श्रीमतीकाे हत्या गरेको स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया