बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

नेपाल र चीनबीच पर्यटन प्रवर्द्धनका लागि फोटो प्रदर्शनी सुरु [फोटोफिचर]

तस्बिरहरू : अनुज बज्राचार्य/इकागज

काठमाडौँ- नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा काठमाडौँको पर्यटन बोर्डमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटो प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । फोटो प्रदर्शनीमा सान्दोङ प्रान्तका विभिन्न ६० वटा तस्बिर राखिएका छन् ।