काठमाडौँ महानगरको कार्यालयमा सडक व्यवसायीको धर्ना

काठमाडौँ- सडक व्यवसायीहरूले काठमाडौँ महानगरको कार्यालयमा धर्ना दिएका छन् ।
पछिल्लो समय व्यवसायीहरूमाथि महानगरले अत्याचार गरेको भन्दै विभिन्न संघसंगठनको अगुवाइमा उनीहरूले काठमाडौँ महानगर कार्यालयबाहिर धर्ना दिएका हुन् । उनीहरूले निर्वाध रूपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् ।
त्यस्तै उनीहरूले यसअघि महानगरसँग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् ।
साँझ ८ बजेको समयमा आफ्नो जीवन निर्वाह गर्नका लागि सडकको पेटीछेउमा सामान बिक्री गर्न खोज्दा नगर प्रहरीले गुण्डागर्दी शैलीमा धरपकड गरेको उनीहरूले बताएका छन् ।
महानगरले साना व्यवसायीहरूको पूँजी समाप्त गर्ने गरि दमन गरेको भन्दै आन्दोलन गर्नुपरेको जनाएका छन् ।

भरतपुरमा नयाँ क्रेटा इभी सार्वजनिक

सुनको मूल्य घट्यो

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

प्रतिक्रिया