बर्दियाबाट काठमाडौँ जाँदै गरेको बस दाङमा दुर्घटना, दुई जनाको मृत्यु

देउखुरी (दाङ)- बर्दियाबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका–९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए । बसमा ४७ जना सवार रहेको दुई जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको उनले बताए ।
शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन भएको प्रहरीले जनाएको छ ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_klqTdixIrV_lka6ree3zfrvtb3kmsj9skcvtzzxnrojt7q0a4ikxgrdxvxwk0qvqqc4waec.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_hXwY2HQ04V_gaga9bc7jkz6wdlmkcj2ingn4yh2klq1yw85ier5bcnqt8gxoz5sh3c75yec.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया