योजनाविहीन योजना आयोग
योजना र बजेट पहुँचवाला नेताकहाँ

हेटौंडा : सिद्धान्ततः प्रदेश नीति तथा योजना आयोगले सरकारलाई योजना दिने हो । तर योजना आयोग स्वयं योजनाविहीन छ । त्यहीँकारण आयोगको खारेजीबारे प्रदेश सभामा विपक्षी कांग्रेस नेता इन्द्र बानियाँले पटक-पटक आवाज उठाइरहेका छन् ।
आगामी आर्थिक वर्ष २०७८/७९ को नीति कार्यक्रम र बजेट निर्माणको समय छ । बजेट निर्माणमा पहुँचवाला नेताका क्षेत्रमा मात्रै ठूला योजना र विकास बजेटहरू बढी छुट्टिने गरेका छन् । संसदीय समितिले प्रदेश सरकार र मन्त्रालयलाई आवश्यक सुझाव र निर्देशन दिने दायित्व बोकेको भए पनि प्रदेश सभाको अर्थ तथा विकास समिति आफै निस्क्रिय छ ।
यसअघिका अर्थ तथा विकास समिति सभापति सरेश नेपाल प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बने । उनी मन्त्री बन्नु पूर्व समिति सभापति रहँदा पनि समितिले भनेजस्तो काम गर्न सकेको थिएन । यो वर्षमा समितिले रकमान्तर र कोभिडको समयमा काम नहुँदा बन्द हुन लागेको आयोजनाको बजेट फ्रिज नगर्न भौतिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई निर्देशन दिएको थियो ।
यी बाहेक पाँच-सात वटा वैठक बसेको समितिका सचिव परासर खरेलले जानकारी दिए । उनका अनुसार समितिमा कतिपय विषयको निर्णयहरू अझै हुन बाँकी छन् । बैठकमा पनि सामान्य छलफल मात्रै हालसम्म भएको उनको भनाई छ ।
चालू वर्षमा समितिले प्रदेशका २ मन्त्रालयलाई निर्देशन दिएपनि प्रदेश सरकारलाई भने कुनै निर्देशन वा सुझाव दिन सकेन । केन्द्रमा समितिहरूको सक्रियता निकै देखिन्छ । तर प्रदेशमा भने समितिहरू बलियो बन्न सकेका छैनन् ।
बागमती प्रदेश सभामा अर्थ तथा विकास समितिको सभापति नभएपछि अन्य सदस्यहरू पनि अन्यौल भएका छन् । समितिमा १९ जना सदस्यहरू छन् । उनीहरू्मध्ये आधा सांसदहरूको उपस्थितिमा जेष्ठ सदस्यको रुपमा आङदेण्डी लामाको संयोजकमा समितिको बैठक प्रदेश सभाको आठौ अधिवेशनको बैठक बसेको भोलिपल्ट बसेको समिति सदस्य शोभा शाक्यले बताइन् ।
समितिको बैठकले वार्षिक प्रतिवेदन तयार गर्न एक उपसमिति निर्माण गरेको छ । आङ देण्डी लामाको संयोजकमा शशिजंग थापा, शोभा शाक्य, शान्ति थिङ र शान्ति पौडेल उपसमितिमा छन् । तर उपसमितिले छलफलका लागि भने बोलाएको छैन । समिति सक्रिय हुनुपर्ने समय भएपनि त्यसो हुन नसकेको समिति सदस्य शोभा शाक्यले बताइन् । उनी भन्छिन्, ‘अब बस्ने प्रदेश सभाको बैठकपछि नयाँ सभापति चयन हुने सम्भावना छ ।’
यता प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा सभामुख सानुकुमार श्रेष्ठले नयाँ मन्त्रिमण्डलको नाम पढेर सुनाएका थिए । अर्थ तथा विकास समितिको सभापतिबाट सरेश नेपाल बिदाई हुँदै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बने । तर प्रदेश सभाको बेवसाइटमा भने सभापतिबाट उनको नाम हटेको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया