मनाङ एयरले करिब डेढ अर्ब लागतमा तीन वटा हेलिकोप्टर भित्र्याउँदै

काठमाडौँ- मनाङ एयरले सन् २०२५ सम्ममा तीन वटा हेलिकोप्टर भित्र्याउने भएको छ । एयरले फ्रान्सेली कम्पनीसँग खरिद गरेको एउटा हेलिकोप्टर एक महिना भित्रमा ल्याउने तयारी गरिरहेको छ ।
एक महिनामा हेलिकोप्टर भित्र्याउने गरी खरिद भइसकेको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए । फ्रान्सबाट निर्मित हेलिकोप्टर चरणबद्ध रुपमा नेपाल ल्याउने तयारी भइसकेको उनले बताए ।
न्यौपानेले एक वर्षमा मनाङले तीन वटा हेलिकोप्टर ल्याउने योजना बनाएको बताए । ‘फ्रान्सबाट नेपालका लागि एउटा हेलिकोप्टर पठाइसकेको छ,’ प्रबन्धक न्यौपानेले भने,’ बाँकी दुई वटा क्रमशः नेपाल ल्याइने छ । दोस्रो हेलिकोप्टरका लागि वार्ता भइरहेको छ ।
उनका अनुसार एउटा हेलिकोप्टरको मूल्य ४६ करोड पर्छ । झण्डै डेढ अर्बमा फ्रान्सेली कम्पनीसँग हेलिकोप्टर खरिद गर्न लागिएको न्यौपानेले जानकारी दिए ।
मनाङले तीन वटा हेलिकोप्टर सञ्चालनमा ल्याउने गरी योजना बनाइरहेको छ । नयाँ हेलिकोप्टरले यसअघि एयरले दिएको सुविधा पुनः दिनेछ । चार्टर उडान गर्नका लागि हेलिकोप्टर ल्याइने न्यौपानेको भनाइ छ ।
गत असारमा मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकोप्टर दुर्घटना भएको थियो । त्यहाँ देखि एयरले हेलिकोप्टर सेवा प्रदान गर्न सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरलाई दिएको एयर अपरेशन सर्टिफिकेट (एनओसी) पटक/पटक निलम्बन गरिसकेको छ ।
हेलिकोप्टर आएपछि मनाङको निलम्बन फुकुवा र नवीकरण एकसाथ हुने न्यौपानेले जानकारी दिए । अहिले नवीकरण र निलम्बन गर्न प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ ।
प्राधिकरणसँग नवीकरण गर्न वार्षिक करिब तीन हजार डलर तिर्नुपरिरहेको उनले जानकारी दिए ।
सन् १९९७ मा सञ्चालनमा आएको मनाङ एयरको लाइसेन्स प्राधिकरणले सन् २००९ (वि स २०६६ साल) मा पहिलो पटक निलम्बन गरेको थियो । सन् १९९९ सम्म कम्पनीले दुई थान ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले उडान गरिरहेको थियो । मनाङले उडान गरेको २६ वर्ष भइसकेको छ ।
हेलिकोप्टर नभएर उडान नभए पनि मनाङले वर्षैपिच्छे नागरिक उड्डयन प्राधिकरणमा वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिरहेका थियो । प्राधिकरणले उडानमा रोक लगाएको ५ वर्षपछि सन् २०१४ अर्थात २०७१ को जेठबाट पुनः उडान सुरु गरेको थियो ।
५ वर्षपछि उडान सुरु गर्दा कम्पनीले तीन थान एयरबस ३५० बिथ्री–ई सिरिजको हेलिकोप्टर ल्याएर उडान सुरु गरेको थियो । मनाङसम्म हालसम्म दुई वटा हेलिकोप्टर थियो । कुनै समय मनाङसँग तीन वटासम्म हेलिकोप्टर रहेको न्यौपानेले जानकारी दिए । प्राधिकरणले मनाङलाई २०७५ मा समेत उडानमा रोक लगाएको थियो ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया