मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं - मुक्तिनाथ विकास बैंकको खुद नाफा घटेको छ भने खराब कर्जा बढेको छ ।
बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा ३२.९३ प्रतिशतले घटेर ४२ करोड १७ हजार रूपैयाँमा सीमित भएको छ । बैंकले अघिल्लो वर्षको यसैअवधिमा यस ६२ करोड ६२ लाख ३३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
यसैगरी एक वर्षको अवधिमा खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको बैंकको भनाइ छ । खराब कर्जा १.५३ प्रतिशतले बढेर २.५१ प्रतिशत पुगेको छ ।
गत वर्ष ४४ करोड १७ लाख ४५ हजार रूपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ७८ करोड ६३ लाख २२ हजार रूपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३१.०४ प्रतिशतले घटेर ६१ करोड ६९ लाख ६६ हजार रूपैयाँमा आएको छ । खुद ब्याज आम्दानी भने २.१२ प्रतिशतले बढेर २ अर्ब ८ करोड ७७ लाख ९६ हजार रूपैयाँ पुगेको छ ।
यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रति सेयर आम्दानी ५ रूपैयाँ ८५ पैसाले घटेर ११ रूपैयाँ ९२ पैसामा सीमित भएको छ । पुस मसान्तसम्म आइपुग्दा मुक्तिनाथ विकास बैँकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रूपैयाँ छ । वितरण योग्य नाफा ३१ करोड ७२ लाख १३ हजार रूपैयाँ ऋणात्मक छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया