चितवनमा भेटिए ५३ प्रजातिका चरा

काठमाडौँ- पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न भएको छ ।
बसाइँसराइ गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी, नारायणी नदी र विभिन्न ताल तलैयाहरूमा गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए । उक्त चरा गणनामा चराविज्ञहरूको विभिन्न टोली बनाएर गरिएको थियो ।
जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पूर्वी क्षेत्रमा पानी आश्रित ५३ प्रजातिका चरा भेटिएको उनले बताए । पूर्वी चितवनको लोथरको गैडहवा जिन्दगानी घाटदेखि पटना तालसम्म गरिएको थियो चरा गणना कै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुलदेखि पश्चिम क्षेत्रमा ६१ प्रजातिको पानी चरा भेटिएको छ ।
चरा गणना दिब्यनगर राप्ती नदी गोला घाट माडीको बगईदेखि रिउ नदीको दोभानसम्म गरिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनिषकुमार लिम्मुले बताए । जसमध्ये पानी हाँस चेखेवाको सख्या सबैभन्दा धेरै रहेको पाइएको छ भने जलकौवा खोया हाँस लक्ष्मण सारस र भुडीफोर गरुड लगायतका करिब १४ हजार पानीमा आश्रित चरा भेटिएको लिम्बुले बताए ।
गणनाका क्रममा गत वर्ष नभेटिएका ४ प्रजातिका चरा पूर्वी क्षेत्रमा भेटिएका छन् । तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत वर्ष भेटिएका थिएनन् । पानीमा आश्रित चराको गणना सन् १९८७ देखि नेपाल लगायत दक्षिण पूर्व एसियाको ३५ देशमा प्रत्येक वर्षको जनवरी महिनामा एकै साथ गरिँदै आएको छ ।

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

प्रतिक्रिया