न्यूजिल्यान्डविरुद्ध लगातार तेस्रो जितको खोजीमा नेपाल

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ क्रिकेट विश्वकपअन्तर्गत नेपालले पहिलो खेल आइतबार न्यूजिल्यान्डविरुद्ध खेल्दैछ ।
समूह 'डी' मा रहेका नेपाल र न्यूजिल्यान्डबीचको खेल दक्षिण अफ्रिकाको बफ्यालो पार्कमा नेपाली समयअनुसार दिउँसो १:४५ बजेबाट सुरु हुनेछ ।
यू-१९ क्रिकेट विश्वकपमा नेपालले न्यूजिल्यान्डसँग तेस्रोपटक खेल्न लागेको हो । यसअघि नेपालले सन् २००६ मा श्रीलंका तथा सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा न्यूजिल्यान्डविरुद्ध खेलेको थियो । र, दुवै खेलमा नेपालले न्यूजिल्यान्डमाथि जित हात पार्न सफल भएको थियो ।
सन् २००६ को विश्वकपमा नेपालले न्यूजिल्यान्डलाई १ विकेटले पराजित गर्दै प्लेट च्याम्पियनसीप जितेको थियो । न्यूजिल्यान्डमाथि नेपाल जित हात पार्दा नेपाली टिमको कप्तानी कनिस्क चौलागाईले गरेका थिए ।
त्यसैगरी, १० वर्षपछि अर्थात सन् २०१६ को विश्वकपको समूह चरणमा नेपालले न्यूजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।
नेपालले दोस्रोपटक न्यूजिल्यान्डलाई पराजित गर्दा नेपाली टिमको कप्तानमा राजु रिजाल रहेका थिए । न्यूजिल्यान्डविरुद्ध राजुले सर्वाधिक ४८ रन बनाएका थिए । त्यसैगरी, दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिएका थिए ।
न्यूजिल्यान्डपछि नेपालले दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध जनवरी २७ मा खेल्ने तालिका रहेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया