देशको आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइन : मन्त्री महत

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारेका छन् । गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल भएको बताए ।
उनले भने, ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरू गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरूले छाडे । यो अत्यन्तै खतरनाक हो ।’
प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए । उनले भने, 'विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थी धारबाट मातृभूमि गोविन्द वियोगीले प्रकाशित गर्नुहुन्थ्यो । प्रत्येक साता यी दुई पत्रिका निस्केको दिन हेर्नैपर्छ ।'
दबाब र अप्ठ्याराका बाबजुद लोकतान्त्रिक मूल्य र मान्यता देशमा स्थापित गर्ने लक्ष्यका साथ उनीहरू लागेको मन्त्री महतले बताए । यस्तै विधिको शासन सुनिश्चित गर्नका लागि विषम परिस्थितिमा पनि निडर भएर उनले काम गरेको मन्त्री महतले स्मरण गरे । उनले भने, ‘यसैका आधारमा आज हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौं भन्ने कुरा हामीले बिर्सन मिल्दैन ।’

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

आजबाट जसपाको संघीय परिषद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

प्रतिक्रिया