राष्ट्रिय क्रिकेट : कर्णालीमाथि मधेशको जित

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा मधेशले कर्णाली प्रदेशलाई ६१ रनले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।
पाँच खेल खेलेको मधेशले दुई खेलमा भने पराजय भोगेको छ । शनिबारको जितसँगै मधेश ६ अंकसहित तालिकाको शीर्ष ३ मा उक्लिएको छ ।
यता कर्णालीको भने चार खेलमा यो दोस्रो पराजय हो । दुई खेल जितेको कर्णालीले भने ४ अंक जोडेको छ ।
शनिबारको खेलमा ३ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णालीले ४१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो ।
कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक ५८ रन बनाए । दिनेश अधिकारीले ३३ रन तथा विपिन शाहीले ३१ रन जोडे ।
मधेशका लागि राजेश यादवले ३ तथा प्रदिप पासवानले २ विकेट लिए । रुपेश सिंह, अभिषेक तिवारी, रंजित कुमार, हरिशंकर शाह र पवन सर्राफले एक-एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३१ रन बनायो ।
मधेशका लागि कप्तान हरिशंकर शाह र मयन यादवले समान ५०-५० रनको योगदान गरे । अनिल साहले ४४ तथा अभिषेक तिवारीले ३४ रन बनाए ।
कर्णालीका लागि दिपेन्द्र रावतले सर्वाधिक ४ तथा अनुज चनराले २ विकेट लिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया