लक्ष्मी सनराइज बैंकद्वारा 'ई-कमर्स अक्वायरिङ' सेवा सुचारु

काठमाडौँ- लक्ष्मी सनराईज बैंकले 'ई-कमर्स अक्वायरिङ गेटवे' सेवा सञ्चालनमा ल्याएको छ । नेप्स अन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइबरसार्ससँगको सहकार्यमा विकास गरेको हो ।
यस सेवाको सञ्चालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकरूले ई-कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने छन् । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारी वर्गहरूको निम्ति ग्राहकमार्फत भुक्तानी लिनका लागि सजिलो मध्यम हुन सक्दछ । उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापी रूपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्ने छन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने छन् । तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।
लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ एटिएम, १४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमार्फत आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया