आशुतोषको शतक र इशानको पाँच विकेटको सहारामा कोशीमाथि बागमतीको शानदार जित

काठमाडौँ- पीएम कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले तेस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा कोशी प्रदेशलाई ६४ रनले पराजित गर्दै बागमतीले पाँचमध्ये तीन खेलमा जित हात पारेको हो । कोशीको भने यो लगातार पाँचौँ पराजय हो ।
शुक्रबारको खेलमा २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशीले ४७ ओभर १ बलमा सबै विकेट गुमाएर २ सय ९ रनमात्र बनाउन सक्यो ।
कोशीका लागि सुजन थपलियाले ५९ रन तथा कप्तान अंकित सुवेदीले ५३ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।
कोशीलाई सस्तैमा समेट्न इशान पाण्डेले सर्वाधिक ५ विकेट हात पारे । सूर्य तामाङले २ तथा रिजन ढकाल र प्रतिक श्रेष्ठले १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४८ ओभर ३ बलमा सबै विकेटको क्षतिमा २ सय ७३ रन बनायो ।
बागमतीका लागि ओपनर आशुतोष घिराइयाले १ सय ११ बलमा १६ चौका र २ छक्काको मदतमा १ सय १८ रन बनाए ।
कप्तान रित गौतमले ४९ रन तथा रबिन जोशीले ४३ रनको योगदान गरे । कोशीका लागि अभ्यास तिमसिनाले ३ तथा कमल खत्री र हेमन्त राईले २-२ विकेट हात पारे । फिरदोष अन्सारीले एक विकेट लिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया