अहिले पनि राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको छ : महन्थ ठाकुर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले अहिले पनि राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका छन् ।
१७ औ बलिदानी दिवसका अवसरमा लोपसाको लोकतान्त्रिक बुद्धिजीवी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले भेषभुषा र भाषाका आधारमा राज्यले मधेसी समुदायमाथि विभेद गरिरहेको बताएका हुन् । उनले संविधानमा उल्लेख अधिकारलाई प्रयोग गर्दा पनि प्रशासनले मधेसी समुदायमाथि दमन गर्ने गरेको जिकिर गरे ।
अध्यक्ष ठाकुरले धेरै जनसंख्या भएको मधेसमा कम बजेट विनियोजन गरेको धारणा राखे । उनले मधेसी समुदायको हक अधिकार स्थापित गर्नका लागि आन्दोलन निरन्तर रहेको उल्लेख गरे ।
२०६३ माघ ५ गते प्रथम मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतो शहीद भएका थिए । त्यसैको सम्झनामा मधेसकेन्द्रित दल र मधेश प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया