दाङमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन
प्रदर्शनमा सहभागी ८ जना पक्राउ

बुटवल : दाङमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कमिटिले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ । चुरे दोहन रोक्नुपर्ने र उपप्रधानमन्त्री महतो अभिव्यक्तिको विरोधमा विद्यार्थी संगठनले आइतबार बेलुका घोराहीमा मसालजुलुस निकाल्दै पुत्ला जलाएका थिए ।
पुत्ला जलाउनेक्रममा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलीले हस्तक्षेप गर्दै पुत्ला नियन्त्रणमा लिई विद्यार्थीलाई तितरबितर पारेको थियो । प्रहरीले मसाल जुलुस निकाल्नेक्रममा सुरुदेखि नै प्रहरी र विद्यार्थी नेताबीच जलाइएको पुत्ला खोसाखोस हुँदा तनाबग्रस्त बनेको थियो । प्रहरी हस्तक्षेपको विद्यार्थी नेताहरुले चर्को नाराबाजी गर्नुको साथै विरोध गरेका थिए ।
पुत्ला जलाउनेक्रममा प्रहरी र विद्यार्थी नेताबीच केहीबेर धकेलाधकेलले वातावरण जटिल बनेको थियो । मसाल जुलुस निकालेर पुत्ला जलाउँदै गरेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारी दाङका संयोजक जंग रोकासहित ८ जना विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए । सरकारविरुद्ध र चुरे दोहनको विरोधमा निकालेको जुलुसकाक्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज हुुनुपर्ने, नागरिक विधेयक सच्याउनुपर्ने, चुरे दोहनको निर्णय रोकिनुपर्ने, उपप्रधानमन्त्रीको राष्ट्रहित विपरीतको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने नेविसंघको माग छ । नसच्चिए उनलाई तत्काल पदमुक्त गरिनुपर्ने मागसहित क्रान्तिकारीले पुत्ला दहन गरेको हो । घोराहीको शहीदगेटमा निकालेको राँके जुलुस प्रहरीले नियन्त्रणमा लिई निभाएको हो ।
कोभिड महामारीका समयमा सरकार महामारी व्यवस्थापनमा भन्दा कुर्ची जोगाउन र देश लुट्ने खेलमा लागेको आरोप लगाउँदै प्रदर्शनकारीले तत्काल यी कदम सच्याउन सरकारसँग माग गरेका छन् ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया