एसियन कपमा भारतको लगातार दोस्रो हार

काठमाडौँ- भारतले जारी एसियन कपमा लगातार दोस्रो हार बेहोरेको छ ।
गएराति सम्पन्न समुह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक गोल गरेका थिए ।
यो जितपछि उज्बेकिस्तानको २ खेलमा ४ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतले भने लगातार दोस्रो हार बेहोरेर समुहमा पुछारमा रहेको छ । अब यो हारसँगै भारत दोस्रो राउण्डको दौडबाट पनि बाहिरिएको छ ।
अब भारतले अर्को खेल आगामी मंगलबार सिरियासँग खेल्ने छ । त्यस्तै उज्बेकिस्तानले अर्को खेल मंगलबार नै अस्ट्रेलियासँग खेल्ने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया