प्रशासन कार्यालयमै मिटरब्याज पीडित र साहुबीच कुटाकुट

सिरहा- जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट भएको छ ।
सिरहा नगरपालिका- ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नगपालिका-११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ ।
पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो । छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
पाँच वर्षपछि सकियो खानेपानी आयोजना

घरघरमै पुगेर उच्च रक्तचाप र मधुमेह परीक्षण

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

प्रतिक्रिया