मधेश प्रदेशद्वारा एपीएफ पाँच विकेटले पराजित

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले नेपाल एपीएफ क्लबलाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेश प्रदेशले एपीएफ क्लबमाथि पाँच विकेटको जित हात पारेको हो । जितको लागि २ सय ४७ रनको लक्ष्य पछ्याएको मधेशले ४८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा रुपेश सिंह ७२ रनमा नट आउट रहे । पवन सरार्फले ६४ रन बनाए । त्यस्तै निरज यादवले ५२ रन बनाए । एपीएफका रमेश कुर्मी र रोहित पौडेलले २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । एपीएफका ओपनर आसिफ शेखले ५९ बनाएका थिए । कप्तान रोहित पौडेलले ५८ रन बनाएका थिए ।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ । जितको लागि ८९ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले ९.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी २४.४ ओभरमा ८८ रनमा अल आउट भएको थियो ।
त्यस्तै प्रतियोगिता अन्तर्गत भैरहवा रंगशालामा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १ सय ८ रनले पराजित गर्यो । जितको लागि २ सय २ रनको लक्ष्य पछ्याएको गण्डकी ३०.२ ओभरमा ९३ रनमा अल आउट भयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूर निर्धारित ५० ओभरमा २ सय १ रनमा अल आउट भएको थियो ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया