स्थानीय तहका अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडौँ : जोय फाउण्डेसन नेपालले १०० सेट अक्सिजन कन्सन्ट्रेटर स्थानीय तहका विभिन्न सरकारी अस्पताल हस्तान्तरण गर्न शुरु गरेको छ । साँखुस्थित मिलारेपा मेडिटेसन सेन्टरको तर्फबाट ताइवानस्थित एलजेएम च्यारिटेबल फाउण्डेसन÷ताइवान एलजेएम बुद्धिस्ट सोसाइटीले उक्त सहयोग प्रदान गरेको हो ।
जोय फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले शनिबारदेखि नै उक्त अक्सिजन कन्सन्ट्रेटरहरू सरकारी अस्पताल र दुर्गम भागका स्वास्थ्य संस्थाहरूलाई प्रदान गर्न शुरु गरिएको बताए । यो पहलले दुर्गम क्षेत्रमा समेत अक्सिजनको आपूर्ति भइ जीवन जोगाउन सहज हुने बताइएको छ । कोभिड–१९ संक्रमितहरूको अस्पताल भर्नादर बढेसँगै देशभर अक्सिजनको आपूर्तिमा समस्या आएको थियो ।
अक्सिजनको अभावका कारण संक्रमितहरूले जीवन गुमाउन नपरोस् भनेर अहिले विभिन्न दातृ निकाय, गैर सरकारी संस्था र सामाजिक अभियानहरूले नेपाललाई सहयोग गरिरहेका छन् । अक्सिजन कन्सन्ट्रेटरहरू नुवाकोट, स्याङ्गजा, म्याग्दी, गोर्खा, सोलुखुम्बु, मनाङ्ग, कास्की र बर्दीयामा वितरण हुने श्रेष्ठले बताएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया