यो आर्थिक वर्षमा आठ सय फरार अपराधी पक्राउ गर्ने रौतहट प्रहरीको लक्ष्य

रौतहट - लामो समय देखि फरारको सूचीमा रहेका अभियुक्तमध्ये यस आर्थिक वर्षमा कम्तीमा आठ सय जनालाई पक्राउ गर्ने रौतहट प्रहरीले लक्ष्य लिएको छ।
विभिन्न अपराधमा संलग्न भइ अदालतबाट दोषी ठहर भएर फरारको सूचीमा रहेका अभियुक्त मध्ये चालू आर्थिक बर्ष २०८०/८१ मा कम्तीमा आठ सय जनालाई पक्राउ गर्ने लक्ष्यसहित विशेष अभियान सञ्चालन गरिएको रौतहटका एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।
विशेष अभियान अन्तर्गत यस आर्थिक वर्षको गत साउन देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा विभिन्न प्रकृतिका मुद्दामा संलग्न २८० जना फरार अभियुक्त पक्राउ गरी कारबाहीको दायरामा ल्याएको एसपी श्रेष्ठले बताएका छन।
कर्तव्य ज्यान, डाँका, चोरी, सवारी ज्यान, जबर्जस्ती करणी, ठगीलगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाइएको एसपी श्रेष्ठले जानकारी दिएका छन।
अदालतले दोषी ठहर गरेपछि आ-आफ्नो घर छोडी रौतहटको विभिन्न स्थानमा लुकीछिपी बसेका तथा अन्य जिल्लामा समेत बसेका ती अभियुक्तलाई जिल्लाको सम्पूर्ण युनिट लाई परिचालन गरी पक्राउ गर्न सफल भएको एसपी श्रेष्ठले बताए ।
८०० जना फरार अभियुक्त लाई पक्राउ गर्ने लक्ष्य पूरा गर्न हाल रौतहट, छिमेकी जिल्लाहरूका साथै सीमावर्ती भारतीय क्षेत्र समेत निगरानी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

प्रतिक्रिया