आर्मीविरुद्ध कोशी ८८ रनमा अलआउट

काठमाडौँ - कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो ।
कोशीका लागि कप्तान अंकित सुबेदीले सर्वाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
कोशीलाई कम रनमा अल आउट गर्ने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए ।
आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया