बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

रुखबाट लडेर कैलालीमा १७ वर्षीया रितु थापाको मृत्यु

कैलाली  -  कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ लठुवाकी रितु थापा रहेकी छन्।

घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ। घाइते भएपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रितुका आफन्त मिलन बुढाले बताए।

रुखबाट खसेर अचेत भएकी रितुको उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।