आर्मीलाई बागमतीले हरायो, लुम्बिनीमाथि कर्णालीको जित

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार बागमती प्रदेश र कर्णाली प्रदेशले जित हात पारेका छन् ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।
बुधबारको खेलमा आर्मीले दिएको ९८ रनको लक्ष्य बागमतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
बागमतीको जितमा प्रतिश जिसी र अशोक पौडेलले समान २१-२१ रन बनाए । आर्मीका लागि सोमपाल कामीले ३ तथा शहाब आलम र जितेन्द्र मुखियाले समान २-२ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २७ ओभर १ बलमा सबै विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । आर्मीका लागि विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए ।
आर्मीको इनिङ्स धराशायी बनाउन सूर्य तामाङले सर्वाधिक ५ तथा प्रतिश जिसी र रिजन ढकालले २-२ विकेट लिए ।
यता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्यो ।
कर्णालीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४१ ओभर २ बलमा अलआउट हुँदै केवल १ सय २४ रन बनाउन सक्यो ।
लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३ तथा अनुज चनरा र दिपेन्द्र रावतले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तय गरिएको ४५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनायो ।
कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५६ तथा दिपेन्द्र रावतले ४७ रनको योगदान गरे । लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले समान ३-३ विकेट हात पारे ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया