दुई खेलअगावै न्यूजिल्यान्डले जित्यो पाकिस्तानविरुद्धको टी-ट्वान्टी सिरिज

काठमाडौँ- घरेलु टोली न्यूजिल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिज दुई खेलअगावै जितेको छ ।
बुधबार बिहान डुनेडिनस्थित युनिभर्सिटी ओभलमा सम्पन्न तेस्रो खेल ४५ रनले जित्दै न्यूजिल्यान्डले सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो ।
यसअघि न्यूजिल्यान्डले पहिलो खेल ४६ रन तथा दोस्रो खेल २१ रनले जितेको थियो ।
बुधबारको खेलमा २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रनमात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि बाबर आजमले सर्वाधिक ५८ रन बनाए भने मोहम्मद नवाजले २८ रन जोडे । न्यूजिल्यान्डका लागि टिम साउथीले सर्वाधिक २ तथा म्याट हेनरी, लोकी फर्गुसन, मिचेल सान्टनर र इश सोधीले समान १-१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय २४ रन बनाउँदा फिन एलेनले शतक पूरा गरे ।
फिनले ६२ बलमा १ सय ३७ रनको योगदान गर्दा ५ चौका र १६ छक्का हिर्काए । टिम सेफर्टले ३१ रन बनाए ।
पाकिस्तानका लागि हरिस राउफले २ तथा शाहिद शाह अफ्रिदी, जमान खान, मोहम्मद नवाज र मोहम्मद वासिमले १-१ विकेट हात पारे ।
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

प्रतिक्रिया