पर्यटकको संख्या बढाउन सके छिट्टै मुलुकमा आर्थिक समृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पर्यटकको संख्या बढाउन सके छिट्टै मुलुकमा आर्थिक समृद्धि हुने बताउँछन् ।
होटल संघ नेपालले स्थापना दिवसका अवसरमा सुरु गरेको नेपाल सत्कार दिवस शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले मुलुकका नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याई मुलुकमा बढी भन्दा बढी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ नहुने बताएका हुन् । यस कार्यका लागि पाँच दशकभन्दा बढी समयदेखि होटल व्यवसायीहरूले खेलेको भूमिका उल्लेखनीय रहेको उनले बताए ।
राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्ने धारणा राखे । पर्यटन क्षेत्रका हुने गरेको आय बढिरहेको अवस्थामा पर्यटकीय गन्तव्य खानेपानी शौचालय जस्ता पूर्वाधार बढाउँदा त्यसको प्रभाव व्यापक हुने उनले बताए ।
राष्ट्रपति पौडेलले अर्गानिक कृषि उत्पादनहरूलाई सिधै तारे होटलहरूमा आपूर्ति गरेर फार्म टु प्लेटको अवधारणा अघि बढाउन आग्रह गरे ।
त्यस्तै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले होटलहरूलाई राष्ट्रिय प्राथमिकता उद्योगको दर्जा प्रदान गर्न माग गरे । उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर उडान हुन सके पर्यटनहरूको आवागमनमा थप सहयोग पुग्ने र पर्यटक आवागमनको संख्या दोब्बर बनाउन सकिने बताए ।
दिवसका अवसरमा होटल संघ नेपालले नेपाल एयरबुक २०२४ र ई-लर्निङ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गरेको छ ।

अब मिर्गौला रोगीलाई साढे ८ लाखसम्म उपचार सहुलियत : प्रधानमन्त्री ओली

फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन

स्वास्थ्य मन्त्रालयको एक वर्षःसीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी

केरुङमा फसेका नेपालीलाई उद्धार गर्न आग्रह

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री…

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

प्रतिक्रिया