राष्ट्रियसभा निर्वाचन: आजदेखि लागू भयो आचारसंहिता

काठमाडौँ- निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता आज देखि लागू हुने भएको छ ।
आज माघ २ देखि १२ गतेसम्म राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागू हुने गरी आचारसंहिता लागू भएको हो ।
सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको गत आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यस अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष/विपक्षमा हुने गरी प्रयोग गर्न/गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न/गराउन नहुने आयोगले जनाएको छ।
यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकाय/सार्वजनिक संस्था वा विश्वविद्यालय/विद्यालय/महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन पाइने छैन।
राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न/गराउन नहुने आयोगले जनाएको छ।

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

भिजिट भिसा प्रकरणमा माओवादीसँग सहमति भइसक्यो, अरू दलसँग सहमति गर्न आवश्यक छै…

कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने प्रस्ताव

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसंगत भएनः सांसद बस्नेत

सरकारले सदनलाई निकै हेप्यो : माओवादी प्रमुख सचेतक पाण्डे

संसद् बैठकबाट बाहिरिएपछि रास्वपाले भन्यो- बोल्न नदिइएपछि बहिस्कार गर्यौँ

प्रतिक्रिया