एलओडी क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा

काठमाडौँ- ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुन: परेको हो ।
म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ ।
तल देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ । एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ । त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ । मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ ।
डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ’इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ । प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् ।
अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ सहरको नाम उल्लेख गर्नुपर्नेछ । एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा नेपालको नाम सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए ।
छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ । 'यसपटक अझै माथि उक्लिन सकिने आशा लिएका छौ,' कुँवरले भने,' क्लबका लागि आवश्यक पुर्वाधार,सुरक्षा व्यवस्था तथा कलाकार र डिजे म्युजिकको राम्रो व्यवस्था गरिरहेका छौ ।'
पछिल्लो समय ठमेलमा आउनुको कारण कल्बीङ कल्चर बनेको कुँवरको भनाइ छ । रात्रीकालीन व्यवसाय तथा क्लबिङले आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न सहयोग गरिरहेको उनको विश्वास छ । एलओडी क्लब यसअघि विश्वकै ५२ र ४९ औँ स्थानमा परिसकेको छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया