नेपालले दोस्रो अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध खेल्दै

काठमाडौँ- दक्षिण अफ्रिकामा हुने आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपअघि नेपालले आज दोस्रो अभ्यास खेल खेल्दैछ ।
दोस्रो अभ्यास खेलमा नेपालले आज वेस्ट इन्डिजविरुद्ध खेल्ने तालिका रहेको छ । नेपाल र वेस्ट इन्डिजबीचको अभ्यास खेल दक्षिण अफ्रिकाको जोहानेसवर्गमा नेपाली समयअनुसार अपरान्ह १:४५ बजेबाट सुरु हुनेछ ।
यसअघि पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।
विश्वकपका लागि भने नेपाल समूह 'डी' मा रहेको छ । यस समूहमा पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड पनि रहेका छन् ।
नेपालले पहिलो खेल न्यूजिल्यान्डविरुद्ध जनवरी २१ मा खेल्ने तालिका रहेको छ । त्यसैगरी, समूह चरणको दोस्रो खेलमा नेपालले पाकिस्तानविरुद्ध जनवरी २४ तथा तेस्रो खेल अफगानिस्तानविरुद्ध जनवरी २७ मा खेल्ने तय भएको छ ।
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

प्रतिक्रिया