मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि

काठमाडौँ- लियोनल मेस्सीले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । गएराति लण्डनमा आयोजित फिफाको वार्षिक कार्यक्रममा मेस्सीलाई २०२३ को वर्ष खेलाडीको उपाधि दिइएको हो ।
मेस्सीले केलियन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको वर्ष खेलाडीको अवार्ड जितेका हुन् । मेस्सीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा वर्ष खेलाडीको अवार्डसमेत जितेका छन् ।
उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको वर्ष खेलाडीको अवार्ड जितेका थिए ।
त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला वर्ष खेलाडीको अवार्ड जितेकी छन् ।
त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको वर्ष प्रशिक्षकको अवार्ड जितेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया