कोभिड कहरबीच १२ कक्षाको परीक्षा सुरु (फोटो फिचर)

काठमाडौं : आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेबाट सुरु परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरु सहभागी छन् । ४० प्रतिशत अंकका लागि लिइएको परीक्षा साढे एक घण्टाको हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट दिइनेछ । परीक्षा मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ ।
१२ कक्षाको परीक्षा वैशाखमा हुनुपर्ने थियो । तर कोभिड-१९ का कारण परीक्षा हुन सकेको थिएन । परीक्षार्थीहरुबीच करिब दुई मिटर दुरी कायम गरी एउटा हलमा २० जना मात्र परीक्षार्थी राखेर परीक्षा सञ्चालन गरेको बोर्डले जनाएको छ ।
त्यस्तै सबै परीक्षार्थी, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजर लगाउनुपर्ने र ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिइने छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया