बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

आइतबार ३,४७९ मा संक्रमण, ९९ को मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ७९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३ हजार २६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज आइतबार ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणको कारण ९९ जनाको मृत्यु भएको छ ।