कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भने न्यायपालिका टुलुटुलु हेरेर बस्न मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई
काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायपालिकालाई कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भनेर टुलुटुलु हेरेर बस्न नमिल्ने तर्क गरेका छन् । उनले संविधानलाई, न्यायालयलाई, लोकतन्त्रलाई कहाँ लगिँदैछ भन्दै प्रश्नसमेत गरे । भट्टराईले अदालतको फैसला प्रभावित पार्न के खोजिएको भन्दै सर्वाेच्च अदालत टुलुटुलु हेरेर बस्न नमिल्ने पनि बताए ।
‘संविधानलाई कहाँ लगिदैछ ?, न्यायालयलाई कहाँ लगिदैछ ? लोकतन्त्रलाई कहाँ लगिदैछ ? त्यसको सन्च्छिप्त प्रयत्न यहाँ गरिदैँछ,’ उनले भने, ‘अदालतको फैसलालाई प्रभावित पार्न के गरिएको रहेछ ? कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भने न्यायपालिकाले टुलुटुलु हेरेर बस्न मिल्दैन ।’
उनले कार्यपालिका मनसाय निस्तेज पार्ने फैसला न्यायापालिकाले गर्नुपर्ने पनि राय पेस गरे । ‘कार्यपालिकाको मनसाय निस्तेज पर्ने फैसला होस्। जुरिसियरीलाई अवरोध पर्ने हाम्रो सहमती होइन श्रीमान्’ उनले भने ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया