अपर तामाकोशीको लिलामी सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं - अपर तामाकोशी हाइड्रोपावरको सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामीमा ल्याएको र आज यसमा आवेदन दिने अन्तिम दिन रहेकोले छुटेका वा उत्सुक हुने लगानीकर्ताहरुले यसमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले पुस १३ गतेदेखि लिलामी बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् ।यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।
हाइड्रोपावरले सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो ।

प्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

प्रतिक्रिया