कैलालीमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुत्ला दहन

धनगढी : कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखड चोकमा नेकपा माओवादी केन्द्रनिकट वाइसियल र अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् ।
संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरिएको हो भने ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने गरी हचुवाका भरमा कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्री ओलीको समेत पुत्ला दहन गरीएको बताइएको छ ।
उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेपछि नेपाललाई बहु राष्ट्र र बहु राज्य बनाउने मुक्ति आन्दोलन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी विरोध भइरहेको छ । त्यस्तै सरकारले बजेट वक्तव्यमै चुरे क्षेत्रको ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा कम गर्ने उल्लेख गरेपछि त्यसको पनि विरोध भइरहेको छ ।

नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान

सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

संसदका दुबै सदन बस्दै, आजबाट विनियोजन बिधेयकमाथि छलफल

ओली सरकारले ‘कर्णाली समृद्धि कार्यक्रम’ हटाएकोमा प्रचण्ड आक्रोशित

धर्म नभएकाले राजनीति गर्दा नागरिकलाई भूटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्ध…

‘बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ’ : प्रधा…

प्रतिक्रिया