न्यायाधीशले गोला नतानेपछि आलमको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ स्थगितको भएको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।
उनले भने, 'अदालतमा रहेका ७ न्यायाधीशमध्ये आइतबार दुई न्यायाधीश मात्रै उपस्थित हुनुभयो, उहाँहरुले गोला तान्दा आलमको मुद्दा परेन ।' आज अदालतमा न्यायाधीश तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्रै उपस्थित छन् ।
अदालतले आलमलगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा सुनुवाइका लागि आज पेसी तोकेको थियो ।
गएको मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।
सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आइतबारका लागि पेसी तारेख दिएको थियो । आलम हाल थुनामा रहेका छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया