महालक्ष्मी विकास बैंकको २२औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा शनिबार लैनचौर ब्याङ्केट, नेपाल स्काउट कम्पाउन्ड, लैनचौरमा सम्पन्न भएको हो ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित भएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० आषाढ मसान्तको वासलात, आ.व. २०७९/८० को नाफा नोक्सानको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत (Consolidated) वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएका छन् ।
यसै गरी वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
उक्त साधारण सभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानी कर्ताको रूपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । सभाले आ.व. २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्न जे. बि. राजभण्डारी एण्ड डिविन्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै सभाले बैंकको प्रबन्ध पत्र र नियमावलीका दफा तथा नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयर धनीहरूबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकहरूको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापहरूलाई विशिष्टीकरण गर्दै अझ बढि सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रण गर्नुका साथै आगामी दिनमा थप प्रगति हासिल गर्न जस्तोसुकै प्रतिकूल परिस्थितिको पनि सामना गर्न सक्ने तयारी गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । साथै शेयर धनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पुर्याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदासयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे ।

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया