घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

खजुरा (बाँके)- लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छिन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइन् ।
आर्थिक अभावकै कारण घाइतेको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसी अस्पताल प्रशासनलाई निर्देशन दिइन् । मन्त्री केसीले बस दुर्घटनाबाट आफू मर्माहत भएको भन्दै दुर्घटनामा ज्यान गुमाएकाका परिवारमा शोक व्यक्त गरिन् ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत १३ जना घाइतेमध्ये एक जना डिस्चार्ज भएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचाररत १२ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया