विक्की कौशललाई कट्रिनाको चेतावनी, ‘चुम्बनका दृश्य नगर्नू’

मुम्बई : केही समयदेखि अफेयरमा रहेका कट्रिना कैफ र विक्की कौशलले अहिलेसम्म अफेयरको खबरलाई अफिसियल बनाएका छैनन् । तर, बलिउडमा हल्ला चलेको छ, दुवैले चाँडै नै यसलाई आधिकारिता दिँदैछन् ।
योबीचमा कट्रिना विक्कीप्रति ‘पोजेसिभ’ भएको पनि खबर आएका छन् । बलिउड अनलाइनका गसिप कोलममा आएका समाचार पत्याउने हो भने कट्रिनाले पर्दामा अरु हिरोइनलाई चुम्बन गर्न निषेध गरेकी हुन् । उनले अरु हिरोइनसँग अन्तरंग दृश्य पनि नगर्न चेतावनी दिएकी छिन् ।
यता अफेयरको खबर सार्वजनिक गर्न भने दुवैलाई विक्की कौशलका बुबा श्याम कौशलले रोकेको पनि खबर छ । उनले विक्की करिअरको शिखरमा रहेकाले अफेयरको खबर बाहिर आउँदा यसले उनको करिअरमा नै असर गर्ने भएकाले चुपचाप बस्न पनि सुझाव दिएको खबर छ ।
यति मात्र होइन श्याम, विक्की र कट्रिनाको भविष्यलाई लिएर समेत ढुक्क नभएको खबर छ । समाचारअनुसार कट्रिना विक्कीभन्दा ४ साल जेठी छिन् र यो उमेर अन्तर पनि श्यामलाई जँचेको छैन ।
विक्की र कट्रिनाको अफेयर कहिले र कसरी सुरु भयो ? राम्ररी बाहिर आएको छैन । तर, पछिल्लो समय दुवैले एकसाथ समय बिताउने गरेका थिए । लकडाउनकै समयमा पनि दुवै एकसाथ संक्रमित भएको र एकसाथ निको भएको समाचार आएका थिए । कामको सवालमा भने दुवैले अहिलेसम्म एक साथ काम गरेका छैनन् ।

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

प्रतिक्रिया