माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौँ- विधान मस्यौदामाथि छलफल गर्न नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दैछ । आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा बस्न लागेको हो ।
विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान मस्यौदाका बारेमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलनको आयोजना गरेको छ । सम्मेलनअगावै विधानको मस्यौदा पार्टी कमिटीमा छलफलमा लैजाने माओवादीले जनाएको छ । माओवादीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय समिति बनाएको थियो ।
सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको थियो ।
बैठकमा माओवादीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को समीक्षासमेत हुनेछ । प्रदेश इञ्चार्जले अभियानका बारेमा ‘बिफ्रिङ’ गर्ने बताइएको छ । माओवादीले गत भदौ १६ देखि यही पुस १६ सम्म रुपान्तरण विशेष अभियान सञ्चालन गरेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया