स्वास्थ्य मन्त्रालयले भन्यो : जोखिम भत्ता पाउनेको तलबी भर्पाइसहित नाम पठाउनू

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी आइसोलेसन सेन्टर, कोभिड-१९ प्रयोगशाला र कोभिड उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको नामावली पठाउन निर्देशन दिएको छ । मन्त्रालयले कोभिड-१९ रोकथाम नियन्त्रण उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको ५० प्रतिशित जोखिम भत्ता उपलब्ध गराउने प्रक्रिया सुरु गर्दे भन्दै नामावली पठाउन निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार जेठ ५ गतेको चलानी नम्बर ९३७ पत्रमा माग गरिएको विवरण उल्लेख गर्न भनिएको छ । आइसोलेसन सेन्टर वा उपचार गर्दाको सम्झौता र निर्णय, बिरामीहरूको रियल रिपोर्टिङ, ड्युटीमा खटिएकाहरूको लिस्ट र ड्युटीमा खटिएकाहरूको तलबी भर्पाइ सूची पठाउन मन्त्रालयले निर्देशन दिएको हो ।
सबै सरकारी अस्पताल, प्रदेश मातहत र स्थानीय तहमा सञ्चालित सबै उपचार केन्द्रलाई विवरण पठाउन भनिएको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख गुणराज लोहनीले जनाएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

निजामती अस्पतालमा नयाँ प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण सुरु

स्वास्थ्य बीमा बोर्डले माग्यो १८० मेडिकल अधिकृत

नमूना भेटेरिनरी अस्पताल निर्माण सुस्त

प्रतिक्रिया