कति छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
शुक्रबार अमेरिकी डलरको भाउ सामान्य घट्दा युरोमा भने वृद्धि भएको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक पैसाले घटेको हो । बिहीबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसामा कारोबार भएको थियो ।
यसैगरी शुक्रबार युरोपियन युरोमा ४६ पैसाले बढेको छ । आज एक युरोको खरिदमा १४५ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रूपैयाँ २१ पैसा तोकिएको छ । बिहीबार भने युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ७५ पैसा तोकिएको थियो ।
त्यस्तै बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ९८ पैसा र बिक्रीदर ८९ रूपैयाँ ३८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रूपैयाँ १४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ५९ पैसा कायम गरिएको छ ।
यता जापानी येन १० को खरिददर ९ रूपैयाँ १२ पैसा कायम हुँदा बिक्रीदर भने ९ रूपैयाँ १६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ ८ पैसा तथा बिक्री दर १० रूपैयाँ १२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९ पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ५३ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।
साथै कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । रासस

सुनको मूल्य घट्यो

राष्ट्र बैंकले गर्यो पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ८ अर्ब ५२ करोड राजस्व सङ्कलन
_QZrNGSgWPe_48ubebwgi7xazprqxylgl5vq2ihohqgcqq8eac7cdiqok2hbwys03um1z07k_o5xvjXNaGe_6livrhk15p5munm8ozfuljnc5y3w6dnvxrnucn8hyys81ipuetminxvr4yb6_LmcaERy14x_qhad6f42nzepwxkoweatdf2pjdyxzlmlzeyhulyazk4p2ajwawvxb162dcdh.jpg)
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सकियो, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

प्रतिक्रिया