एनएमबि बैंकको २८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ- एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा पौष २६ गते बिहीबार राष्ट्रिय सभागृहमा २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरूले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरूको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण शेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । इँ: को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनीत गरी पठाएको ब्यहोरा समेत सभामा जानकारी गराइएको थियो ।
बैंकको २०८० आषाढसम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।
बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_vKnDXcksPy_9i9xpydbbtflhwsvmtml3kzjzgewwtxpecjbbpwhccctf7my90jsz77nmtzv.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

प्रतिक्रिया