घर जग्गा व्यवसायी संघले दियो अक्सिजन प्लान्टलाई ३८ लाख

हेटौंडा : मकवानपुर घरजग्गा व्यवसायी संघले हेटौंडा अस्पतालमा जडान भएको अक्सिजन जेनरेटर प्लान्टलाई ३८ लाख सहयोग गरेको छ । दुई हप्ताअघि हेटौंडा अस्पतालमा हेटौंडा उपमहानगरपालिकाको समन्वयमा १८ अक्सिजन सिलिन्डिर उत्पादन हुने अक्सिजन प्लान्ट जडान गरिएको थियो ।
आइतबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्लान्ट ल्याउने बयोधा मेडिकल टेक्नोलोजीका प्रमुख दिपक खनाललाई मकवानपुर घर जग्गा व्यवसायी संघले उपलब्ध गराएको ३८ लाखको चेक हस्तान्तरण गरे ।
मेयर महतले राम्रो कामको थालनी गर्न आलोचना भए पनि तत्काल प्लान्ट राख्ने निर्णय लिएको बताए । यसअघि अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको लागत ३८ लाख हेटौंडा उपमहानगरले तिर्ने बताइएको थियो । जलेश्वरको लागि चीनबाट कलकत्ता हुँदै ल्याइएको प्लान्ट हेटौंडाका मेयर महतले अस्पतालमा जडान गर्न भनेका थिए ।
हेटौंडा अस्पतालमा डायलासिस गर्ने मेशिन आइसकेकोले तत्काल निःशुल्क उपचार सेवा दिन अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई मेयर महतले निर्देशनसमेत दिए ।
घर जग्गा व्यवसायी संघ मकवानपुरका अध्यक्ष ध्रुव घिमिरले युवा व्यवसायीहरू मिलेर प्लान्टको रकम दिएको बताए । नगरलाई आर्थिक व्ययभार नपर्ने गरी व्यवसायीहरूले यस्तो निर्णय गरेर प्लान्टको रकम मकवानपुर घरजग्गा व्यवसायी संघले उपलब्ध गराएको उनले बताए ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया