गोकर्ण सहकारीका अध्यक्ष रोशनबाबु श्रेष्ठ बचतकर्ताको ४० करोड लिएर फरार

काठमाडौँ- गोकर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष रोशनबाबु श्रेष्ठ बचतकर्ताको रकम लिएर फरार भएका छन् । काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ मा रहेको गोकर्ण सहकारीले बचतकर्ताको करिब ४० करोड रुपैयाँ हिनामिना गरेको बचतकर्ताले आरोप लगाएका छन् ।
बचतकर्ताहरू बिहीबार मध्यान्ह सहकारी घेराउन गर्न पुगेका थिए । आफूले बचत गरेको रकम खोज्दै आएको तर नभेटेको प्रमिला शेर्पाले बताइन् । केही महिनादेखि निरन्तर सहकारीमा पुगे पनि आफ्नो रकम नपाएको उनले दुखेसो पोखिन् ।
उनका अनुसार सहकारीका अध्यक्षले बचतकर्ताको ४० करोड रुपैयाँ हिनामिना गरी फरार छन् । उनले १६ लाख रुपैयाँ बचत गरेको जानकारी दिइन् । बचत गरेको रकम माग्न आउँदा नपाइने गरेको उनले बताइन् । अध्यक्षलाई सम्पर्क गर्न खोज्दा पनि सम्पर्कविहीन भएको उनको भनाइ छ ।
सहकारी घेराउ गर्न पुगेका अर्का पीडित याम सुवेदीको पनि शेर्पाको जस्तै व्यथा छ । उनले पनि सहकारीमा चार लाख बचत गरे पनि अहिलेसम्म नपाएको गुनासो व्यक्त गरे ।
दैनिक सहकारीमा पुग्दा पनि अध्यक्षहरू नभेटिएको उनले बताए । सुवेदीका अनुसार सहकारीमा अहिले २-३ जना मात्र कर्मचारी छन् ।
'मेरो कारणले साथीहरूले रकम बचत गरेका थिए । साथीहरूले २० देखि ३० लाखसम्म बचत गरेका थिए । मेरो र साथीहरू सबैको रकम डुब्यो,'’ उनी भन्छन्, 'केही पैसा मात्र निकाल्न पाएको थिए । अहिले फेरि सहकारीका अध्यक्ष फरार छन् ।'
अर्का बचतकर्ता विजय लिम्बुको व्यथा पनि उस्तै छ । सहकारीमा १६ लाख बचत गरेको अध्यक्ष सम्पर्कमा नरहेको उनले बताए । 'हामीले खाइ नखाइ बचत गरेको पैसा सहकारीले खाएर पीडित बनाएको छ,' उनले भने ।
भिडियो

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

प्रतिक्रिया