सुर्खेतमा राउटे युवतीलाई रक्सी खुवाएर दुर्व्यवहार, तीन जना पक्राउ

सुर्खेत : राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । राउटे युवतीलाई स्थानीय युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ बर्षका दोमनबहादुर घर्ती, २४ बर्षका भुपेन्द्र बुढा र २९ बर्षका होटल सञ्चालक बिनोद पुन रहेको प्रहरीले जनाएको छ । पछिल्लो समय राउटे समुदायमा जाने टिकटकमा भिडियो खिच्न थालेपछि राउटे युवतीहरु असुरक्षित भएका छन् ।
सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी दुर्व्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन् ।
राउटे युवतीहरुमाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि स्थानीयले तत्काल अनुसन्धान गरी कारबाहीको माग गरेका छन् । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं. ११ आँपसोतीको भेरी नदी किनारमा बसाई सरेका छन् ।

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

प्रतिक्रिया